Kath khabar
अंशुवर्मालाई स्वर्णयुग भित्र्याउने राजा किन भनिन्थ्यो ?


                      काठमाडौं, चैत २ । नेपालका लिच्छवीकालिन राजा अंशुवर्मा । उनको जन्म सन् ५९५ मा भएको इतिहासकारहरूको अनुमान छ । लिच्छवीकालीन नेपालमा शिवदेव (प्रथम) ले राज्य गर्दथे । उनका छोरीमात्र थिए ।उनी आफूलाई सुम्पेको काम सबैलाई चित्तबुझ्ने किसिमले पूरा गर्दथे । अंशुवर्मा राजकाजमा कुशल र वीरपुरूष भएको महसुस शिवदेव (प्रथम) लाई लागेकोले आफ्नी छोरीको बिहे उनीसँग गर्ने प्रबन्ध मिलाए । त्यसपछि अंशुवर्मा राजा शिवदेव (प्रथम) का वास्तविक ज्वाइँ हुन पुगे ।

अंशुवर्माको कार्यकुशलता र राज्य सम्हाल्न सक्ने क्षमता देखिएको विश्वासले शिवदेवले सारा राज्यको शासन भार उनैलाई सुम्पेका थिए । आफ्नो ससुरा शिवदेवको स्वर्गारोहणपछि रोलक्रमवाला उदयदेव थिए । तर उदयदेवको राजाको रोलक्रम हटाई आफू स्वयम् राजा घोषित भएर नेपालको इतिहासमा शान्ति, सुशासन र स्वर्णयुग भित्र्याउने अंशुवर्मा एक विद्वान राजा थिए । आफू राजकुलका युवराज नभए पनि “महाराजाधिराज” ग्रहण गर्ने अंशुवर्मा राजनीतिलाई आफ्नो कब्जामा राखी राजालाई कठपुतली बनाउन सक्षम थिए ।

विभिन्न चार चरण सहायक, समान्त, महासामन्त र महाराजधिराज गरी राज्यसत्ताको बागडोर सम्हाल्न पुगेका अंशुवर्माको राजनीति, अर्थतन्त्र र न्यायसम्पादनका क्षेत्रमा अतुलनीय योगदान दिएकाले उनी लिच्छवीकालीन नेपालका राजा बने ।

अंशुवर्माको राज्यारोहण सन् ६०५ सालमा भएको थियो । उनले आफ्नो शासनकालमा आफ्नो टक निकालेर महाराजधिराजको पदवी लिन सफल भए । अंशुवर्मा एक ठूला पराक्रमी राजा थिए । राजा शिवदेवले अंशुवर्माको लागि कैलाशकुट दरबार बनाउन लगाएको थियो । यो ज्यादै अनौठो दरबार थियो । यो दरबार पशुपति नजिकै देउपाटनमा पर्थ्यो । यो दरबार निकै आकर्षक र राम्रो थियो । प्रतापी राजा अंशुवर्माले यही दरबारमा बसेर राज्य गर्दथ्यो । यस दरबारको छाना तामाको थियो । यस दरबारको  बार्दली, दलिन र अन्य प्रत्येक वस्तुमा धेरै मोल पर्ने रत्न जडिएको थिए । बैठक कोठामा विशेष किसिमको मूर्तिहरू सजिएको थियो । त्यस दरबारको माथिल्लो तल्ला धेरै ठूलो थियो । त्यस कोठामा दशहजार जना मानिस बस्न सक्ने ठाउँ थियो । बुर्जाको चारै कुनामा माछाका आकारका सुनका टुटी भएका तामाका धाराहरू थिए । त्यहाँबाट पानी झर्दा छहरा झै अति सुन्दर देखिन्थ्यो । चिनियाँ यात्री हुवान साङले समेत त्यस समयमा यस दरबारको मनमोहक पार्ने सुन्दरताको र कलाकृतीको बयान गरेका छन् र कैलाशकुट दरबार राजा अंशुवर्माको पालामा बनेको थियो ।

अंशुवर्माको राजकाज गर्नमा पोख्त थिए । उनले सबै प्रजाको ऋृण तिरीदिए । घरेलु उद्योग धन्दाको ठाउँ-ठाउँमा प्रबन्ध मिलाइएको थियो । प्रजालाई खेतीपातीको राम्रो प्रवन्ध मिलाएको थियो । उनी न्यायको कसैमाथि पक्षपात गर्दैनथे । उनी न्यायप्रेमी राजा थिए । उनले एक शब्दकोष बनाई शिक्षाको प्रचार गरेका थिए । उनी प्रजाप्रेमी थिए र ठाउँ-ठाउँमा शिक्षाको लागि स्कूल खोलेका थिए । अंशुवर्मा सधै प्रजाको भलाई र सुख चाहन्थे । उनले प्रजाको लागि ठाउँ-ठाउँमा पानीको धारा, बाटाघाटाहरू, पाटीपौवा र मठमन्दिरहरू बनाईदिएका थिए । उनले देव मन्दिरहरूको पनि राम्रो ब्यवस्था गरेका थिए । चिनियाँ यात्री हुवान साङले उनको पालामा देशको विकास, उन्नती भएको साथै बौद्ध धर्म पनि चलेको, ठूला-ठूला बिहारमा हजारौं बुद्धमार्गी, बसेका, विद्धानको आदर गर्ने वातावरण रहेको, शिक्षाको ब्यवस्था भएका, कलाको विकास र उन्नती भएको भनेर राम्रो प्रशंसा गरेका छन् ।

यतिसम्म कि आफ्नो  देशको प्रतिष्ठा बढाउन अंशुवर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्वतका राजा स्रोङचङगम्पोसँग गराईदिए । स्रोङचङगम्पो एक ठूला प्रतापी राजा थिए । तिब्वतसँगको वैवाहिक सम्बन्धले नेपालको इज्जत ठूलो रहन पुग्यो । भृकुटीले आफ्नो जन्मथलोको हितको निम्ति विदेशीसँग विवाह गरी देशप्रेमको भावनालाई उजागरत गर्न सक्नु पनि ठूलो देनको रूपमा लिन सकिन्छ । भृकुटीले तिब्बतमा बुद्ध धर्म फैलाइन । नेपालको कला पनि तिब्तमा फैलाउन सहयोग गरे ।

यसरी चिनियाँ यात्रीले बर्णन गरेको हिसाबले राजा अंशुवर्मा मुलुक र प्रजाको हितप्रति समर्पित न्यायी र विकासप्रेमी राजा भएको पुष्टि हुन्छ । राजाले प्रजाको सुख सुविधाप्रति अति ख्याल गर्ने भएकोले प्रजाहरू अंशुवर्मालाई धेरै मन पराउँथे । त्यसैले लिच्छवीकालीन नेपालमा राजा र प्रजाको बीचमा अति सुमुधुर सम्बन्ध रहेको पाइन्छ । अंशुवर्माले त्यस समयमा अवलम्वन गरेका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक नीति पारदर्शित थिए । अंशुवर्माले देशको उत्थान र जनताको सुख देख्न चहान्थे ।

राजा अंशुवर्माले आफू हिन्दू धर्म मान्ने भए पनि बौद्धधर्मलाई पनि आदर गर्दथे र अरू सम्प्रदायका सबै धर्मलाई समान व्यवहार गर्दथे । त्यसैले लिच्छवीकालीन नेपालमा उनको पालामा हिन्दू र बुद्धधर्म दुबैको विकास भएको थियो । यी दुई धर्ममा कुनै किसिमको वैमनस्यता थिएन । उनले प्रजाहरूलाई आ-आफ्नो धर्म पूर्णरूपमा स्वतन्त्र दिएको थियो । अंशुवर्माले आफ्लो पालामा एक नयाँ सम्वत चलाएका थिए । उनको पालामा धातुकला, मूर्तिकला र जडिबुटी रोप्ने काम समेतको निकै विकास भएको थियो । उनको पालामा सुन्दर शहरहरू बनेका थिए । उनको लिच्छवीकालीन नेपालको अरु देशहरूसँग सम्बन्ध सुदृढ पारेका थिए ।

यतिसम्म कि आफ्नो  देशको प्रतिष्ठा बढाउन अंशुवर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्वतका राजा स्रोङचङगम्पोसँग गराईदिए । स्रोङचङगम्पो एक ठूला प्रतापी राजा थिए । तिब्वतसँगको वैवाहिक सम्बन्धले नेपालको इज्जत ठूलो रहन पुग्यो । भृकुटीले आफ्नो जन्मथलोको हितको निम्ति विदेशीसँग विवाह गरी देशप्रेमको भावनालाई उजागरत गर्न सक्नु पनि ठूलो देनको रूपमा लिन सकिन्छ । भृकुटीले तिब्बतमा बुद्ध धर्म फैलाइन । नेपालको कला पनि तिब्तमा फैलाउन सहयोग गरे । अंशुवर्माले हिन्दूस्थानसँग पनि धेरै राम्रो सम्वन्ध कायम गरे । उनको समयअघि नेपालको ती देशहरूसँग त्यती राम्रो सम्बन्ध थिएन । अंशुवर्माको छोरी भृकुटीले तिब्वतमा बुद्ध धर्म र नेपाली कलाको प्रचार र (भोटसितको) तिब्वतसितको नेपालको सम्बन्ध सुमुधुर बनाउन ठूलो योगदान पुर्याएकी थिइन् ।

उनको नेपालको माइती देश र नेपालको हितको निम्ति दिएको योगदानले गर्दा नै उनको नेपालको इतिहासमा आफ्नो नाम अमर बनाएकी छिन् । जसरी आफ्नो  बुबा अंशुवर्माले  नेपालको नाम राख्न सफल भए । त्यस्तै अंशुवर्माको  छोरी भृकुटीले पनि नेपालको निम्ति अमुल्य योगदान दिएर  नेपालको इतिहासमा आफ्नो नाम अमर बनाउँन अग्रणी नेपाली नारीहरूको सूचीमा भृकुटीको नाम अत्यान्त उँचो राख्न सफल भइन् ।

अंशुवर्माको जस्तो शासन शैलीको अवलम्वन गर्न सके अहिलेको राजनीतिज्ञहरू लोकप्रिय रहन सक्छन् । सबै देश र समाजको समेत प्रगति हुन सक्नेमा विवाद रहनेछैन । उनको शासन प्रणालीबाट हाम्रो देशले एक शिर ठाडो पार्न सहयोग पुग्ने इतिहासको पानामा लेखिएको छ । उनी हाम्रो चौथो महान नेपालको राष्ट्रिय विभूति हुन् ।

अंशुवर्मा एक पराक्रमी असल र कीर्तिवान राजा थिए । उनले गरेको कामको मुल्याँकन गर्दा लिच्छवीकालिनको “स्वर्णयुग” भन्न सकिन्छ। अंशुवर्माले “पशुपतियादानुगृहित” पदवी धारण गर्नु भयो । एउटा शब्द विद्या नामक ग्रन्थको रचना पनि गर्न सफल भए । त्यसैले उनी हाम्रो विभूति हुन् । उनले देश र प्रजाको लागि धेरै काम गरे । आफ्नो  देश र प्रजाप्रति समर्पित हुँदा हुँदै यी पराक्रमी राजा अंशुवर्माको परलोक सन् ६२० सालमा भएको थियो । उनले नेपालमा १६ वर्ष शासन गरेका थिए । उनको परलोकको कारणले सम्पूर्ण प्रजालाई धेरै दुःखित तुल्याएको थियो ।  

अंशुवर्माको देश र प्रजाप्रतिको  योगदान र प्रजावत्सलको कारणले अमर भएका हुन् । उनी शासक वर्ग, समाजमा धार्मिक समन्वय तथा सद्भावको स्थापना गर्न र प्रजाको सुख सुविधा एवं हितको बृद्धि र उत्थान गर्न सदा प्रयत्नशील रहनुपर्दछ भन्ने तथ्यसित र अंशुवर्मा उनको आफ्नै  योगदानको कारणले अमर भएका छन् । अंशुवर्माको जस्तो शासन शैलीको अवलम्वन गर्न सके अहिलेको राजनीतिज्ञहरू लोकप्रिय रहन सक्छन् । सबै देश र समाजको समेत प्रगति हुन सक्नेमा विवाद रहनेछैन । उनको शासन प्रणालीबाट हाम्रो देशले एक शिर ठाडो पार्न सहयोग पुग्ने इतिहासको पानामा लेखिएको छ । उनी हाम्रो चौथो महान नेपालको राष्ट्रिय विभूति हुन् । उनको नाम इतिहासमा सुनौला अक्षरले लेखिएको छ ।

उनको नेपाल राज्यसत्ता प्रतिको भावना र प्रजा प्रतिको मायाप्रेम र प्रजाको दुःख नै आफ्नै दुःख सम्झने राजाको रूपमा पाउँदा इतिहासले उनलाई सधैं अमर राख्नेछ । उनको राज्यसत्ताको कार्यकुशलताले आज १४०३ बर्षपछि पनि हामीले प्रेरणाको रूपमा लिएका छौं । त्यसकारण उनले गरेको योगदानले गर्दा नेपाल सरकारले एउटा नेपालको महान राष्ट्रिय विभूति भनी स्थापित गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update