काठमाडौं, चैत २ । नेप्सेको उच्च गिरावटले साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज पाँच दशमलव ३२ अंकले घटेर १९ सय ३३ दशमलव ३१ अंकमा सिमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव ५१ अंकले घटेर तीन सय ६४ दशमलव ७८ अंकमा सिमित भएको छ । नेप्सेमा आज दुई सय ५८ वटा कम्पनीहरुको २६ हजार तीन सय ७५ पटकको कारोबारमा ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये जलबिद्युत, लगानी, अन्य र ट्रेडिङ सहितका चार वटा समुहहरुको सुचक बढेका छन् भने जीवन बीमा, निर्जिवन बीमा, विकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, र सामुहिक लगानी कोष सहितका नौं वटा समुहहरुको सुचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था सुपर मादी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, बिन्धवासिनी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदि परेका छन् ।