Kath khabar
नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने घोषणा


                   काठमाडौं, चैत ३ । नेपाल सरकारले नेपाली क्रिकेट टोलीका सदस्यलाई तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार युएईलाई हराउँदै विश्वकपमा छनोट भएकोमा नेपाललाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रति खेलाडी तीन लाख रुपैयाँ पुरस्कारको घोषणा गर्नुभएको हो ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा बिहिबार युएईलाई डिएल मेथहडबाट २ रनले जित हात पार्दै जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटको टिकट बुक गरेको हो ।

प्रधानमन्त्री दाहालले ट्विट गर्दै भन्नुभएको छ, "विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।"

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update