Kath khabar
भारतमा १८ हात्तीको कोरोना परीक्षण

भारत, जेठ २६ । भारतमा २८ ओटा हात्तीको कोरोनाभाइरसको परीक्षण गरिएको छ । जनावरहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो । दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाउनुभएको छ ।

परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिनुभएको छ । यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरु बिरामी भएका थिए । त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिनुभएको थियो ।

(रासस)

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update