रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
काठमाडौं, चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपाले पार्टी कार्यालय बसुन्धारामा बिहान ११ बजे बैठक बस्ने गरी बोलाएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय