समाज दर्पण
सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ
काठमाडौं, चैत ५ । आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ।
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोरलाई वाईवाईले आज सफा गरेको हो। बनौँ आदर्श नागरिक भन्ने नाराका साथ लामो समय देखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्त्व निर्वाह गरेको बताएको छ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय