प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय
काठमाडौं , चैत ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज आईतबार पार्टी कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर सर्वोच्च अदालतको आदेशले अध्यक्ष रवि लामिछानेले सांसद र गृहमन्त्री गुमाएपछि गत माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो ।
यो निर्णयसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय