राजनीति
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ सोमबार बिहान १० बजे
निर्वाचन आयोगले राष्ट्रपति पौडेल समक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ
काठमाडौं, चैत ५ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेल समक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय