Kath khabar
पहिलो दिन नै छ अंकले घट्यो नेप्से


                  काठमाडौं, चैत ५ । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से घटेको छ । नेप्से आज छ दशमलव ९० अंकले घटेर १९ सय २६ दशमलव ४० अंकमा सीमित हुन पुगेको छ  ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ५२ अंकले घटेर तीन सय ६३ दशमलव २६ अंकमा सीमित भएको छ । आज दुई सय ५९ वटा कम्पनीहरूको ३० हजार सात सय ७५ पटकको कारोबारमा ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैक, विकास बैंक, फाइनान्स, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहहरूको सूचक घटेका छन् भने जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र ट्रेडिङ समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मानुषी लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिर्जनशील लघुवित्त वित्तीय संस्था, सानिमा ग्रोथ फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शुभम् पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update