Kath khabar
लामो समयपछि बढ्यो नेप्से


                       काठमाडौं, चैत ६ । लगातार घट्दै आएको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने बढेको छ । नेप्से आज  २२ दशमलव ६५ अंकले बढेर १९ सय ४९ दशमलव शून्य छ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ९७ अंकले बढेर तीन सय ६६ दशमलव २३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ५८ वटा कम्पनीहरुको २९ हजार दुई सय ८२ पटकको कारोबारमा ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, आईएमई जनरल इन्स्योरेन्स कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सानिमा ग्रोथ फण्ड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आईएमई जनरल इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक इन्टनेशनलको संस्थापक शेयर, एनआईसी एशिया बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।  


 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update