Kath khabar
सी जिनपिङ र भ्लादिमिर पुटिन बिच भेटबार्ता

 

                  मस्को, चैत ७ ।  सी जिनपिङले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनले जनताको समर्थन पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । जिनपिङले भने, “म विश्वस्त छु कि रुसका जनताले तपाईका असल कामलाई दृढतापूर्वक समर्थन गर्नेछन्।”

पुटिन सन् २००० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । २ पटक राष्ट्रपति भइसकेपछि उनी ४ वर्ष प्रधानमन्त्री बने र त्यसपछि २०१२ मा राष्ट्रपति बने, २०१८ मा फेरि निर्वाचित भए । चीनले युक्रेन युद्ध संकट अन्त्य गर्न रुसलाई प्रस्ताव पठाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले देखेको बताएका छन् । पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए। उनले जिनपिङको भ्रमण ‘यस विषयमा कुरा गर्ने अवसर’ भएको बताए।

रुसको सरकारी टिभीले २ नेताको भेटको फुटेज देखाएको छ, जसमा पुटिनले जिनपिङलाई “प्रिय मित्र, रुसमा स्वागत छ” भनेका छन् । “मलाई थाहा छ कि तपाईं व्यक्तिगत रूपमा र हाम्रा सबै चिनियाँ साथीहरू‘ अधिकांश सामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ।”

रुसी नेतालाई उनको “बलियो नेतृत्व” को लागि बधाई दिँदै जिनपिङले पुटिनलाई २ देशबीच “नजीकको सम्बन्ध” हुनुपर्छ भने, जसले रुसको समृद्धिमा मद्दत गरेको उनको भनाइ छ। यो बैठकलाई अनौपचारिक बैठक भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update