Kath khabar
युरोपियन युनियनद्वारा शिक्षा क्षेत्र कार्यक्रमका लागि साढे ६ अर्ब अनुदान दिने 

 

              काठमाडौं, चैत ७ ।  युरोपियन युनियनले नेपालको शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमको लागि करिब साढे ६ अर्ब रुपैयाँ अनुदान दिएको छ । सधैंभरि नेपालको शिक्षा क्षेत्रमा मात्रै लगानी गर्दै आएको ईयुले दिएको करिब ५० मिलियन युरो सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्ले नेपाल र बंगलादेशबीच ‘सियरिङ अफ सिरयल टाइम हाइड्रो मेट्रोपोलिटिकल डेटा एन्ड’को समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने र विद्युत् नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update