काठमाडौं, चैत ८ । नेप्से उच्च अंकले घटेको छ । आज बुधबार नेप्से १५ दशमलव ७६ अंकले घटेर १९ सय ३३ दशमलव २९ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ दुई दशमलव ३२ अंकले घटेर तीन सय ६३ दशमलव ९० अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरूको ३० हजार चार सय ८५ पटकको कारोबारमा ३७ लाख ७७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मायाखोला हाइड्रो पावर कम्पनी, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, एनएमबी बैंकको ऋणपत्र आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बोटर्लस नेपाल तराई लिमिटेड, सानिमा ग्रोथ फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआईसी एशिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।