अपराध
सोनु निगमको घरवाट ७२ लाख चोरी
अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो
मुम्बई, चैत ९ । भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ। निगमको घरवाट भएको सो चोरीका मामिलामा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ।
गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो मामिला बाहिर आएको हो। अगम कुमार गायक निगमका ८ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
निगमको डिजिटल लकरवाट मार्च १९ का दिन ४० लाख हराएको थियो भने दोस्रो दिन मार्च २० मा ३२ लाख हराएको थियो। निगमको घरवाट ठुुलो रकमको पैसा हराएपछि सिसिटिभी फुटेज हेरिएको थियो, जहाँ अगम कुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो।
पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्विकार गरेको छ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय