Kath khabar
एम्बाप्पेको नेतृत्वमा फ्रान्सेली फुटबल 

 

                    पेरिस , चैत ९ ।  फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको ३ महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।  

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो । दोहा विश्वकपमा अर्जेन्टिनासँग  पेनाल्टी सुटआउटमा भएको पराजय मात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ ।

फ्रान्सेली फुटबल सङ्घका अध्यक्ष सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाए पछि उनको स्थान अब  जिनेदिन जिदानले सम्हाल्ने संभावना बढेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update