Kath khabar
नेप्सेमा १८ अंकले गिरावट, सबै सूचकहरू घटेर रातै



                        काठमाडौं, चैत ९ । नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से १८ दशमलव १५ अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा सिमित भएको छ ।

यसैगरी सेन्सिटिभ दुई दशमलव ९० अंकले घटेर तीन सय ६१ दशमलव शून्य एक अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको २९ हजार छ सय ८५ पटकको कारोबारमा ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मायाखोला हाईड्रोपावर कम्पनी, एशियन हाइड्रो पावर कम्पनी, सिद्धार्थ बैंक आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update