Kath khabar
दादुरा रोगबाट सतर्क रहन १ वडा कुपण्डोलको आह्वान




                        ललितपुर, चैत ९ । ललितपुर महानगरपालिका वडा नं १ कुपण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शंकास्पद बिरामी भेटिएको पाइएको छ । हालसम्म लक्षण देखिएका १० जना विद्यार्थीहरुको रिर्पोट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ ।

सोमबार ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दादुरा रोग नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन, तथ्यांक संकलन, औषधीको व्यवस्थापन, जनचेतनाको कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो ।

उक्त बैठकमा ललितपुर महानगरपालिकाका प्रवक्ता एवम् सामाजिक विकास समितिका संयोजक राजु महर्जन, जनस्वास्थ्य अधिकृत सरिता महर्जन, नाइटिंगेल स्कुल र नार्गाजुरा एकेडेमीका प्रिन्सिपल लगायत सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि बिरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भइरहेको जनाइएको छ । आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणी आचार्यका अनुसार दादुरा सरुवा रोग भएको हुँदा यसको लक्षण देखिएमा छुट्टै आइसोलेसन बस्न र तत्काल वडामा जानकारी गराइदिन समेत अनुरोध गर्नुभएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update