राजनीति
लोसपा सरकारमा सहभागी हुने
१० दलीय गठबन्धनमा सम्मान जनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठक पछि नेता शरदसिंह भण्डारीले जानकारी दिए
काठमाडौं, चैत ९ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मान जनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठक पछि नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय