मुम्बईमा उपचार गराइरहनु भएका कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौं, चैत १० । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
फागुन १ गतेदेखि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहनु भएको छ । भण्डारीका सहयोगी माधव न्यौपानेले नेता भण्डारी उपचारको ३६ दिनपछि सहयोगमा कुर्सीमा बस्नुका साथै बिस्तारै हिँडडुल गर्न थालेको बताएका छन् । उनको स्मरणशक्ति सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय