रास्वपाले उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने
काठमाडौं, चैत १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
रास्वपाले उपनिर्वाचन हुने ३ क्षेत्रमा निर्वाचन संयोजक तोकेको छ । चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् । बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको उपसभापति अर्यालले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १९:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय