साफ यू- १७ महिला च्याम्पियनसिप
साफ यू- १७ महिला च्याम्पियनसिप : नेपालले आज रसियाको सामना गर्दै
काठमाडौं, चैत १२ । बंगलादेशमा जारी साफ अण्डर-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज आईतबार रसियाको सामना गर्दैछ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने खेल राति ७ बजेदेखि सुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो, दोस्रो खेलमा भुटानलाई हराएको थियो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय