साफ यू–१७ महिला च्याम्पियनसिप
साफ यू–१७ महिला च्याम्पियनसिप - नेपाल रसियासँग पराजित
काठमाडौं, चैत १३ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल रसियासँग पराजित भएको छ ।
बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको खेलमा नेपाल रसियासँग ३–० ले पराजित भएको हो ।
रसियासँग हार बेहोरेसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपालको ३ खेलबाट ३ अंक छ । अब नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।
प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय