Kath Khabar
सन्दीप विरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित

 

                    काठमाडौं, चैत १३ । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जर्बजस्ती करणी मुद्दा फैसलाको पेशी स्थगित भएको छ । सन्दीपका वकिलको आग्रहमा काठमाडौं जिल्ला अदालतमा तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो । गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर काठमाडौं जिल्ला अदालतले मुद्दालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो  । लामिछानेमाथि बलात्कारको मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update