काठमाडौं, जेठ २७ । म सानै देखि फिटनेसमा रुचि राख्ने मान्छे, मेरो बाइक दुर्घटना भएको थियो । ८ ओटा करङ सहित १८ ओटा हड्डी भाचिए । त्यति बेला आफन्त अन्य मानिसले मलाई बिचराको पात्र बनाएका थिए । तर हेर्नुहोस् तपाइको अघि म उभिएको छु । एकदम फिट एण्ड फाइन छु ।
तपाईँ प्रयास सँधै सफल हुँदैन, कहिले काँही समय तपाइको साथ हुँदैन भने कहिले भाग्य तपाइको साथ हुँदैन । हारेपछि मैदान छाडनु विवस्ता हो । तर हारेपछि पनि उठनु र जितका लागि आत्मविश्वासका साथ अघि बढ्नु । त्यो भन्दा ठुलो कुरा जिवनमा केही हुँदैन । हो त्यही आत्मविश्वास देखिन्छ । सुकदेव कार्कीको अनुहारमा ।
नेपाल युथ फिट्नेस एण्ड क्यालिस्थेनिक्सका उहाँ सस्थापक हुनुहुन्छ । समाजका सबै वर्गका मानिसहरु जो ब्यायम गर्न रुाचाउँछन् । ती मानिसहरुलाई लक्षित गरि यो व्यायमशाला हामीले निर्माण गरिएको हो । यहाँ मानिसहरुले निशुल्करुपमा जति बेला पनि यहाँ आएर व्यायाम गर्न सक्छन् । शरिर मन्दिर हो । यसलाई सँधै सुगठित राख्नुपर्छ । उहाँको धारणा यही हो । तर करिब ६ वर्ष अघि उहाँ समान्य मानिस जसरी हिँडडुल गर्नै संघर्ष गरिराख्नु भएको थियो ।
के भएको थियो छ वर्ष अघि?
बाइक तिब्र गतिमा दौडाउने, स्टन्ट गर्ने, त्यो बेलाको शुकदेव कार्कीको शौख थियो । छ वर्ष अघि बेलायतबाट उहाँ भर्खर फर्कनु भएको थियो । घर फर्केको चार महिनामै उहाँको बाइक दुर्घटना भयो । स्टन्ट नै गर्नेबेलामा उहाँलाई गाडिले ठक्कर दियो । चार महिना अस्पतालको बेडमा रहनुभयो । सामान्य हिँड डुल गर्न त के उभिन्न पनि नसक्ने हुनुभयो । चार महिनासम्म बुवा आमाले उहाँलाई्र धेरै स्यहार गर्न पर्यो । सुकदेव आफैलाई पनि कस्तो अवस्था आयो । मर्न पाएनी हुने भन्ने जस्तो लाग्थ्यो । आफुले हेर्नु पर्ने ठाउँमा परिवारले उल्टै उहाँलाई हेरविचार गर्दा एक्ले धेरै रुनुहुन्थ्यो ।
दुर्घटनापछि १६ दिनसम्म उहाँ आइसियुमा रहनुभयो र ९ हप्तामा पाँच ओटा ठुलो अपरेशन भएपछि धेरै समय बेडमै रहँदा उहाँलाई धेरै नराम्रो लागेको थियो । तर उहाँको परिवारले धेरै साथ दिनुभयो, परिवारको मायाका कारण उहाँमा नयाँ आशा पलाएको थियो । चार महिना पछि उहाँ व्हिल चिएरको सहारामा यता उता हिड्न थाल्नुभयो । व्हिल चियरमै बसेर उहाँले विभिन्न ब्यायम गर्न थाल्नुभयो । शरिरमा क्रमश सुुधार आउन थाल्यो ।
अनुशासन र आत्मविश्वास जीवनको सुत्र
उहाँको बाइक तहस नहस र मान्छे हावामा उडेको देख्दा धेरै मानिसले बाँच्दैन भनेका थिए । तर भाग्य भन्ने चमत्कार ! उहाँले मृत्युलाई जित्नुभयो ।
परिवारको माया र बलिायो आत्मविश्वासका कारण घटना भएको सात महिनामै उहाँ जिम जाने योग्य हुनु भयो र घटनाको १७ महिनामै उहाँले मिस्टर हिमालयको मेन्स फिजिक्स र फिट्नेस तर्फ दोस्रो हुनु भयो । एक प्रतियोगितामा उहाँले ७० केजी तौल समुहको वेइट लिफ्टीङको बिजेतामा नाम लेखाउनु भयो । त्यसपछि विभिन्न प्रतियोगितामा उहाँले सफलता हात पार्दै जानुभयो । दुु:ख पर्दा हरेक दिन केही नयाँ हुन्छ भन्ने सोच्नुहोस् । त्यो भन्दा बढि आफुलाई अनुशासनमा राख्नु होस् । अनुशासनले तपाईँलाई सकरात्मक उर्जा दिन्छ ।
उहाँलाई पछ्याउने अहिले लाखौँ युवाहरु हुुनुहुन्छ । उहाँको प्रेरणामा सफलता हात पार्ने अझै धेरै हुनुहुन्छ । सबैलाई फिट रहन सुझाउन उहाँले हरेक वर्ग र उमेर समुहका मानिसहरुलाई हुने खाले फिटनेस सेन्टरको अभियान थाल्नु भएको छ । देशका मुख्य शहरमा उहाँ र उहाँजस्तै फिट हुन रुचाउनेहरुले त्यहाँ व्ययाम गर्नहुन्छ ।
'अनुशासित रहनुहोस् । सकरात्मक सोच राख्नु होस् । एक दिन तपाईँ अवश्य सफल हुनुहुन्छ ।' यो उहाँले एक टेलिभिजन अन्तरवार्तामा दिनुभएको अभिव्यक्ति हो । शरिरलाई स्वस्थ राख्नुहोस् । यो एउटा मन्दिर हो । यो स्वस्थ भए तपाई सजिलै जित्नु हुन्छ। अहिले धेरै भन्दा धेरै प्रतियोगितामा सहभागिता जनाइराख्नु भएका उहाँले केहीमा सफलता हात पार्नु भयो । तर त्यो भन्दा बढि उहाँ जिवनमाथिको जित हात पार्दै अघि बढ्नु भयो ।