Kath khabar
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

 

               काठमाडौं, चैत १३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्।

जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। तर, धरौटी नतिरेपछि उनीहरू जेल चलान भएका हुन्।

प्रचण्ड विरुद्ध नाराबाजी गर्ने ती युवा विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।

प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन्।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update