Kath khabar
मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज

 

                   काठमाडौं, चैत १३ ।  सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबार देखि सुरु हुँदैछ।

रोयल नेपाल गल्फ क्लबमा ४ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायत खेलाडी सहभागी हुने बताइएको छ। नेपालका नम्बर १ खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन्। उनी हाल भारतमा रहेका छन्।

प्रतियोगिताको विजेताले रु १ लाख, उपविजेताले रु ६५ हजार, तेस्रोले रु ४६ हजार, चौथोले रु ३८ हजार, पाँचौँले रु ३४ हजार, छैटौँले रु ३० हजार, सातौँले रु २७ हजार, आठौँले रु २४ हजार, नवौँले रु २२ हजार तथा दशौँ स्थान हासिल गर्ने खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update