Kath khabar
शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद  छ - मेयर बालेन शाह

 

                      काठमाडौं, चैत १४ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद भएको बताउनुभएको छ ।

उहाँले खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । खुलामञ्च आवाज बोल्नका लागि हो, यो सबैका लागि सँधै खुला थियो,  र रहनेछ भन्नुभएको छ । साथै आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहने उहाँले बताउनु भएको छ ।

न्याय खोज्दै काठमाडौं आईपुगेका मिटरव्याज पीडितलाई खुल्लामञ्च प्रवेशमा महानगरले रोक लगाएपछि मेयर शाहले सामाजिक संञ्जाल मार्फत प्रष्टिकरण दिनु भएको हो । पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै मेयर शाहबिरुद्ध नाराबाजी समेत गरेका थिए । प्रवेश नपाएपछि उनीहरुले सोमबार खुलामञ्च बाहिरको सडकमा नै रात बिताएका थिए ।

पीडितहरुले आज बिहानैदेखि विरोध प्रदर्शन शुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई त्यसतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् । मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको  घरबारविहीन बनाएको गुनासो गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update