काठमाडौं, चैत १४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।
११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उनले मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरेका छन् ।
आज मंगलवार बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता जनाएका लामिछानेले प्रदर्शनस्थलमा भेट्दै आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको प्रष्ट्याएका छन् ।
सभापति लामिछानेले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।