Kath khabar
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु

 

                    काठमाडौँ, चैत १५ । वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा हुनेछ । बुधवार बेलुका ४ बजे मछिन्द्रबहालदेखि तिनधारा पाठशाला जमलसम्म खटयात्रा हुने, ५ देखि ६ः३० बजेसम्म असनसम्म रथयात्रा हुने सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ ।

चैत्र १६ गते ५ बजेदेखि ६:३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन, चैत्र १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्य: लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

वर्षा र सहकालका देवताको रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिनबाट नगर परिक्रमा गराईने परम्परा छ । असनमा राखिएको रथ राष्ट्रपतिबाट दर्शन गरेपछि सो दिन असनमै राखिन्छ र भोली पल्ट रथ तानेर असन, इन्द्रचोक, हनुमानढोकास्थि कालभैरव र कालभैरबाट लगन लगिन्छ ।

किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ ।

रथलाइ लगनटोलमा रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइ रथयात्रा सम्पन्न भएपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update