Kath khabar
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

 

                          काठमाडौँ, चैत १५ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । मंगलबारको बैठक निस्कर्षविहीन भएपछि आज पनि दलहरु बैठकमा जुटेका हुन् । आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा सहमति जुटाउने बताईएको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले गृहमन्त्रालय सँगै राख्ने तयारी गरिरहेको छ । यसमा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीेको पनि दाबी थियो । यद्यपि अन्तिम समयमा माओवादीले नै राख्ने लगभग निश्चि भइसकेको जनाइएको छ ।

वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृहमा जाने लगभग निश्चित भइसकेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update