राजनीति
सत्ता गठबन्धनको बैठक अपरान्ह ३ बजे बस्नेगरी विना निष्कर्ष टुंगियो
मंगलबार पनि निष्कर्ष विहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन
काठमाडौँ, चैत १५ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मंगलबार पनि निष्कर्ष विहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । बुधबार अपरान्ह ३ बजे बैठक बस्नेगरी सकिएको छ ।
बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम सहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय