सरकार र मिटरब्याज पीडितबीच गृहमन्त्रालयमा वार्ता जारी
काठमाडौं, चैत १६ । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच अहिले गृह मन्त्रालयमा वार्ता भईरहेको छ ।
सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी रहेका छन् । सरकारसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।
पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित समूहबीचको वार्ताले ठोस निष्कर्ष निस्कने मन्त्रालयले जनाएको छ।
मिटरब्याज पीडितहरुले यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय