समाज दर्पण
प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ अर्ब ९२ करोड ७० लाख रूपैयाँ लागतमा बन्ने यो टर्मिनल भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ
चितवन, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ अर्ब ९२ करोड ७० लाख रूपैयाँ लागतमा बन्ने यो टर्मिनल भवन आगामी ३ वर्षमा सम्पन्न हुनेछ। प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नयाँ टर्मिनल भवन बनाउन लागेको हो।
टर्मिनल भवन निर्माणका लागि चैत ६ गते केसी क्षमा देवी प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय