काठमाडौं, चैत १६ । सत्ता साझेदार दलहरुले पाउने मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ स्वास्थ्य र कानुन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय पाएको छ।
यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।
नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएका छन् र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो ।