Kath khabar
उपनिर्वाचनमा रास्वपाबाट चितवनमा रवि, तनहुँमा स्वर्णिम वाग्ले र बारामा रमेश खरेल उम्मेदवार

 

                   काठमाडौं, चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपनिर्वाचनको लागि तीनवटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । रास्वपाले हिजो राती निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । चितवन २ मा पार्टी सभापति रवि लामिछाने एकल उम्मेदवार छन् भने बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । वाग्ले हिजो कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ जितनारायण श्रेष्ठ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update