काठमाडौं, चैत १७ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज शुक्रबार नेपाल र लाओस भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजेदेखि हुँदैछ।
नेपाल लाओसलाई हराएर उपाधि हासिल गर्न चाहन्छ भने लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो ।
नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् । नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांस नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताएका छन् ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।