प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, चैत १७ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा शुक्रबार १४ सय रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय