सरकार र आन्दोलनरत मिटरब्याजी पीडितबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौं, चैत १८ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । शनिबार अपराह्न गृह मन्त्रालयमा भएको वार्तापछि सरकार र मिटरब्याजी पीडितबीच आन्दोलन फिर्ता लिने गरी ५ बुँदे सहमति भएको हो ।
शनिबार नै मिटरब्याजी पीडितहरूसँग वार्ता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अधिकार सम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि ५ बुँदे सहमति भएको हो । पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।
सहमति पत्रमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको २०७९ भदौ २७ को प्रतिवेदनले गरेका सिफारिस यथाशीघ्र र प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायसँग समन्वय र सहजीकरण गर्ने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय