Kath khabar
उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

 

                    काठमाडौं, चैत  २०।  प्रतिनिधिसभा सदस्यको रिक्त स्थानहरूमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि उम्मेदवारी दर्ता हुन लागेको हो । मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको छ ।

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पदपुर्ति गर्न लागिएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update