रुघाखोकी लाग्दा जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, चैत २० । सरकारले रुघाखोकी लाग्दा जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले घरमा कसैलाई फ्लु वा रुघाखोकी लागे सबैले मास्क लगाउने, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह गरेको छ।
त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाउन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान मन्त्रालयको सुझाव छ । गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयले सुझाव गरेको छ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय