चितवन-२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता
काठमाडौं, चैत २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि दिउँसो १ बजेको समय दिए पनि तनहुँ–१ मा पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुनको लागि दमौली जाने भएकोले पहिलो नम्बरमा उम्मदेवारी दर्ता गरेका हुन् ।
चितवन–२ मा मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय