काठमाडौं, चैत २० । रुसी सेनाका चर्चित ब्लगर भ्लादलेन टाटारस्कीको हत्या भएको छ । ब्लगर भ्लादलेन टाटारस्कीको विस्फोट हुँदा सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा थिए ।
विस्फोटमा कम्तीमा २५ जना घाइते भएका छन् । त्यहाँको समाचार माध्यमहरुको अनुसार रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा प्रमुख ब्लगरलाई उपहार भनेर दिएको वस्तु विस्फोट हुँदा उनी मारिएका हुन् ।
भ्लादलेनको खास नाम म्याक्सिम फोमिन हो । उनी रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने गर्दथे । उनी युक्रेन आक्रमणमा प्रमुख रुपमा रुसको समर्थकका रुपमा उभिएका थिए । गत वर्ष युद्ध सुरु भएको केही महिनामै रुसले युक्रेनका ४ वटा राज्य आफ्नो कब्जामा लिएको थियो । टाटारस्कीले यस विषयमा एउटा भिडियो पोस्ट गरेका थिए र धेरै विवादास्पद बयान दिएका थिए।
उनले युक्रेनविरुद्ध आक्रमण गर्दा आफूहरुले जसलाई पनि हराउन सक्ने र जसलाई पनि मार्न सक्ने अभिव्यक्ति दिएका थिए । जुन भिडियो सामाजिक संजालमा भाइरलसमेत भएको थियो ।
टेलिग्राममा मेक्सिम फोमिनको नाममा परिचित टाटारस्कीका पाँच लाख ६० हजार फलोअर छन् ।सेन्ट पिटर्सवर्गमा भएको विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।