रवि लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ ।
सिन्धुलीका युवराज पौडैल 'सफल' ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । पौडेलले सोमबार लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
रिटमा भनिएको छ, “दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न माग गर्दछु ।”
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय