Kath khabar
एलोन मस्कले गरे ट्विटरको लोगो परिवर्तन, चराको ठाउँमा कुकुर

 

                  

                   काठमाडौं, चैत २१ । सामाजिक सञ्जाल ट्विटरमा अर्को ठुलो परिवर्तन भएको छ । यस पटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् ।

एलोन मस्क ट्वीटरको मालिक भएपछि ट्वीटरमा धेरै परिवर्तनहरू घोषणा गरिसकेका छन् । अहिले उनले कम्पनीको लोगो पनि परिवर्तन गरेका छन् । ट्विटरको स्थापनाकालदेखि नै यसको लोगो नीलो चरा थियो, तर अहिले ट्वीटरमा निलो चराको सट्टा कुकुर देखिएको छ । सोमबार साँझदेखि यो लोगो देखिएको हो ।

लामो समयदेखि एलोन मस्कले डोगेकोइनलाई सपोर्ट गर्छन्, जुन एक मेम क्रिप्टोकरेन्सी हो । ट्विटरको बदलिएको लोगोलाई लिएर प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपय प्रयोगकर्ताले ट्वीटर ह्याक भएको हो भन्ने पनि बताएका छन् ।

लोगो चेन्ज गरेपछि अबेर राति एलोन मस्कको ट्वीट आयो, त्यसपछि यो ह्याक नभएर एलोन मस्कले नै गरेको बुझिएको छ । ट्विटमा एउटा फोटो पनि सेयर गरिएको छ । यो तस्बिरमा डजकोइनको प्रतीक भएको कुकुर ड्राइभिङ सिटमा बसेको र ट्राफिक प्रहरीको लाइसेन्स बोकेको देख्न सकिन्छ जसमा ‘ब्लु बर्ड’को फोटो छ। तस्बिरमा रहेको कुकुरले  यो पुरानो तस्बिर हो भन्दैछ ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update