त्रिभुवन विमानस्थलमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकले गरे हड्ताल
काठमाडौं, चैत २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध गरेका छन् । विरोधमा त्यस क्षेत्रमा ट्याक्सी चालकले आज मंगलबार सेवा बन्द गरेर हड्ताल गरेका छन् ।
पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएको त्यस क्षेत्रमा अहिले ८० रुपैयाँ शुल्क पुर्याईएको र अझै १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरुले आज सेवा बन्द गरी हड्ताल गरेका हुन् ।
विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि मंसिर १३ मा पनि उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए । अन्यत्र भने ट्याक्सी सुचारु रुपमा सञ्चालन भईरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय