रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हाको इजलासमा
काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाई न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको छ । उक्त रिट पेसी सूचीको नवौं नम्बरमा छ ।
सिन्धुलीका युवराज पौडैल 'सफल'ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । पौडेलले सोमबार लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय