Kath khabar
मधेश प्रदेशको ठूलो दल एमाले सरकारबाट बाहिरिँदै, आजै राजिनामा बुझाउने

  

                   जनकपुरधाम, चैत २१ । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिन लागेको छ । मंगलबार एमालेको प्रदेश संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाटै बाहिरिने निर्णय गरेको हो ।

एमालेबाट सरकारमा रहेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून-न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला-बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले आजै राजीनामा दिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि उनीहरुले राजीनामा दिन लागेका हुन् । मधेसमा एमालेका २३ सांसद छन् । एमाले सरकारबाट बाहिरीएपछि मुख्यमन्त्री यादवले पुन: विश्वासको मत लिनुपर्ने हुन्छ ।

गत पुस २७ गते जनता समाजवादी पार्टी (जसपा) दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update