Kath khabar
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते 

 

                  सिक्किम, चैत २१ ।  सिक्किमको नाथुला क्षेत्रमा मङ्गलबार ठूलो हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्, प्रहरी अधिकारीहरूले यहाँ बताएका छन्। घाइतेहरूलाई राज्यको राजधानी गान्तोकको अस्पतालमा ल्याइएको छ।

'उद्धार र क्लियरेन्स कार्यहरू अझै जारी छन्, 'यहाँ एक वरिष्ठ प्रहरी अधिकारीले भने। चीनको सिमानामा अवस्थित नाथुला दर्रा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्य हो । यो गान्तोकबाट ५५  किलोमिटर टाढा छ।

रक्षाका स्रोत अनुसार जवाहरलाल नेहरू मार्गको  १४ औं माइलस्टोनमा बिहानै आएको हिमपहिरोमा २५ देखि ३० पर्यटक फसेका थिए।

सीमा सडक सङ्गठनले द्रुत उद्धार कार्य सुरु गरेको थियो र गहिरो उपत्यकाबाट ६ जनासहित हालसम्म २२ जनाको उद्धार गरिएको उनीहरूले बताए।

हिउँका कारण नाथुलाबाट करिब ३५० व्यक्ति र ८० सवारी साधनलाई पनि फिर्ता ल्याइएको अधिकारीहरूले बताएका छन्। समुन्द्री सतहबाट १४ हजार ४ सय ५० फिट उचाइमा रहेको अन्तर्राष्ट्रिय सिमानामा रहेको नाथुला भारत र चीनबीचका तीनवटा खुला व्यापारिक सीमानाका मध्ये एक हो।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update