काठमाडौं, चैत २२ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको छ ।
ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावी अभियानमा आफ्नो मुख बन्द राख्नका लागि वयस्क चलचित्र अभिनेत्री स्टर्मी डेनियललाई पैसा दिएको आरोपमा मंगलबार म्यानहट्टन अदालतमा हाजिर भएका छन् । आफ्नो आदेशमा अदालतले ट्रम्पलाई भारी जरिवाना लगाएको छ । उनले पोर्नस्टार डेनियललाई १.२२ लाख डलर तिर्न भनेका छन् ।
ट्रम्पले भने सम्पूर्ण अभियोग अस्वीकार गर्दै आफुले कुनै गलत काम नगरेको दाबी गरेका छन् । उनले भनेका छन् - 'यो २०२४ को चुनावमा मलाई रोक्ने षड्यन्त्र हो । यो मेरो राष्ट्रपतिको चुनावी अभियानलाई बिगार्ने षड्यन्त्र हो । तर म रोकिने छैन, म फेरि उभिनेछु।'
उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो । योसँगै उनको २०२४ मा फेरि ह्वाइट हाउस पुग्ने सपना टुटेको देखिन्छ ।
सन् २०१६ को उक्त घटनामा मङ्गलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ। अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्।