Kath khabar
आज दिनभरको सम्भावित मौसमी अवस्था

 

                 काठमाडौं, चैत २२ । पश्चिमी वायु तथा प्रि मनसुनका प्रभावले देशभरको मौसमी अबस्था छिनछिनमा परिवर्तन झैँ भैरहेको छ ।

 हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भ-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

बुधवार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update